TodayPati

कोरोना महामारीकाबीच ट्रम्पले चुनावी रयाली गर्दै

टुडेपाटी-
जनकपुरधाम, जेठ २९ गते ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न असफल भएको भन्दै विश्वभर आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीकाबीच चुनावी रयाली गरिरहेका छन् ।

कम्तिमा चार राज्यमा चुनावी र्‍याली गर्ने उनी आफैले बताएका छन् । कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्‍याली स्थगित गरिएको थियो ।

Sponsored

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् । अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि चुनाव र्‍यालीमा कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने खुलेको छैन ।

अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा झण्डै २० लाख संक्रमित छन् भने १ लाख १२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

Sponsored

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्‍याली सुरु गर्ने जानकारी दिए । सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्‍याली सुरु हुने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *