TodayPati

सरकारले भोलिदेखि लागु हुनेगरी के-के निर्णय गर्‍यो ?

टुडेपाटी-

जनकपुरधाम, जेठ २८ गते ।

झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि सरकारले खुकुलो बनाउने निर्णय गरेको छ ।

Sponsored

बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, निजी कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको हो ।

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ ।

Sponsored

तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *