पसल व्यवसाय खोल्ने र सवारी जोरबिजोरका आधारमा चल्न दिने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, जेठ २८ गते ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा बन्द भएको पसल व्यवसाय खोल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सुरक्षा मापदण्ड अपनाएर पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय भोलिदेखि नै लागू हुने जनाएको छ ।
गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।