TodayPati

स्थगित एसईई परीक्षा नलिने सरकारको निर्णय

टुडेपाटी-
काठमाडौं, जेठ २८ गते ।

सरकारले २०७६ को स्थगित एसईई परीक्षा नलिने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा स्थगित गरेको थियो । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा नगर्ने नगर्ने निर्णय गरेको हो । बैठकले विद्यालयको अन्तरिक मूल्यांकनलाई नै आधार मान्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कोभिड १९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णयअनुसार एसईई परीक्षा स्थगीत गरेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले गिरिराजमणि पोखरेलले तत्काल एसईई परीक्षा लिन सम्भव नभएको भन्दै विद्यार्थीहरुको अध्ययन निरन्तरताका लागि भन्दै बाधा अड्काउ फुकाउ अध्यादेश जारी गर्न बुधबारको मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।

Sponsored

शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।

एसईई परीक्षाको हकमा विद्यालयद्वारा गरिएको आन्तिरक मूल्यांकनलाई आधार मान्ने र विद्यालयद्वारा गरिने आन्तरिक मूल्यांकनको सम्बन्धी कार्यको स्थानीय तहले सत्यापन तथा प्रमाणीकरण गरी राष्ट्रिय परीक्षा बोर्ड समक्ष सिफारिस गर्ने र सो कार्यको अनुगमन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *