सिरहामा एसपीका गार्ड सहित २० जनाले कोरोना जिते
टुडेपाटी-
सिरहा, जेठ २७ गते ।
सिरहामा २० जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । धनगढीमाई नगरपालिका ११ स्थित छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना डिस्चार्ज भएका हुन् ।
उनीहरुको तेस्रो पीसीआर रिर्पोट नेगेटिभ आएपछि मंगलबार डिस्चार्ज गरिएको हो ।
उनीहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा संक्रमणमुक्त प्रमाणपत्र दिएर बिदाइ गरेका छन् ।
मंगलबार डिस्चार्ज हुनेमा जेठ ३ गते संक्रमण पुष्टि भएका सिरहाको पहिलो संक्रमित युवादेखि सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका सुरक्षा गार्डसमेत रहेका छन् ।
Sponsored
डिस्चार्ज हुनेहरुलाई घर सम्म पुर्याउन स्थानीय प्रशासनले सवारी साधनको व्यवस्था गरेका थिए ।
संक्रमण पुष्टि हुनेमा सिरहा क्वारेन्टाइनका १० जना, सुखिपुर क्वारेन्टाइनका एक तथा बरियारपट्टी क्वारेन्टाइनका एक जना रहेको प्रजिअ गुरागाईंले जानकारी दिए । उनीलाई उपचारका लागि मङ्गलबार नै महेन्द्र गेनाई कोभिड अस्पतालमा ल्याइएको छ ।
योसँगै सिरहामा कोरोना संक्रमण हुनेको संख्या ६२ पुगेको छ ।