TodayPati

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५४ जना कोरोना संक्रमित थपिए

टुडेपाटी-
जनकपुरधाम, जेठ २७ गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयले सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सर्लाहीमा १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिका क्वारेन्टाइनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिका क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

Sponsored

सप्तरीमा संक्रमितमध्ये ३ जना महिला र १० जना पुरुष हुन् । धनुषामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २० जना पुरुष र १ जना महिला रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोतरीको बर्दिबास नगरपालिकाको क्वारेन्टाइनमा रहेका १५ जना, एकडारा गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा संक्रमतिमध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् । सर्लाही जिल्लाको कोडेना गाउँपालिका क्वारेन्टाइनमा रहेका ३० वर्षीय १ जना पुरुष कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रलायका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *