सिरहामा १५ महिने बालिकाको हत्या, शव पोखरीमा
जनकपुरधाम, माघ २८ गते ।
सिरहामा १५ महिने बालिकाको शव प्लास्टिकमा राखेर फालिएको अवस्थामा पोखरीमा फेला परेको छ । सोमबार अपराह्न हराएकी बडियारपट्टी गाउँपालिकाका स्थानीय देवेन्द्र यादवकी १५ महिने छोरी आशिका यादवको शव घर नजिकैको पोखरीमा प्लाष्टिकको वोरामा पोकोपारी फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बालिका सोमबार अरान्ह हराएपछि घरपरिवार र प्रहरीले खोजविन गरिरहेको क्रममा मंगलबार अपरान्ह बालिकाको शव पोखरी फेला परेको हो । बालिकाको कसैले हत्या गरि फालेको हुन सक्ने अाशंका गरिएको छ ।
आगनमा खेल्न छोडेर घरमा पुरी पकाउँदै गर्दा छोरी हराएको बालिका हराएकी थिइन् । छोरी खोज्दा नभेटेपछि रातभर खोजतलास गरेपनि बालिका फेला नपरेपछि राती नै प्रहरीलाई घरपरिवारले प्रहरीमा खबर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले
बालिका डुवेर मरेको वा मारेर पोखरीमा फालिएको भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्र खुल्ने बताए । तर घटनाको प्रकृति हेर्दा हत्या भएकोजस्तो देखिएको उनको भनाई छ ।
बालिकाको शव पोस्टमार्टमको लागि लागि जिल्ला अस्पताल सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Sponsored