TodayPati

सप्तरीमा भेटिए थप १६ जना कोरोना संक्रमित

शुभ नारायण यादव-
सप्तरी, जेठ २६ गते ।

सप्तरीको बलान बिहुल गाउँपालिकामा आज एकैपटक थप १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या ९३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयो । यादवका अनुसार पछिल्लो पटक संक्रमित थपिएसँगै सप्तरीको बलान बिहुल गाउँपालिकामा कोरोना पोजेटिभको संख्या २७ पुगेको छ । संक्रमितहरुमा एक महिला समेत रहेका छन् । संक्रमणको पुष्टि भएकाहरुलाई क्वारेन्टाइनबाट राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याईएको छ ।

हालसम्मको प्राप्त विवरण अनुसार वर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कुल कोरोना संक्रमितहरुमध्ये ५ जना महिला रहेका छन् ।

Sponsored

स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणकालागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *