सप्तरीमा थप १६ जनामा कोरोना पुष्टि
टुडेपाटी-
सप्तरी, जेठ २६ गते ।
सप्तरीमा सोमबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै सप्तरीमा कूल संक्रमितको सङ्ख्या ९३ पुगेको छ ।
आज थपिएका संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका १६ जना छन् ।
संक्रमितहरु सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेका स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टि हुनेमा १२ वर्षदेखि ४५ वर्ष उमेरसम्मका व्यक्ति छन् । संक्रमितहरुको स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको रिपोर्टमा पोजेटिभ देखिएको प्रमुख यादवले बताए ।
Sponsored
संक्रमितहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।