TodayPati

महोत्तरीमा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर गएका पुरुषको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, जेठ २६ गते ।

महोत्तरीमा क्वारेन्टिनबाट घर फर्केका एकजनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० का ४० वर्षीय पुरुषको मृत्यु भएको हो

Sponsored

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोका अनुसार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो ।

‘उनको रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्केका थिए । आइतबार पूरै दिन खाना नखाएको र रक्सी समेत खाएको मैले जानकारी पाएँ’, नगरप्रमुख महतोले भने ।

मृत्य भएका ४० वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टिनमा बसेका थिए । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर फर्केका थिए ।

Sponsored

कोरोना रिपोर्ट नेगेटिभ आएकोले कोरोनाको संक्रमणले नभई कालगतिले उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *