कोरोना रोक्न काम नगरेको भन्दै तीनै तहको सरकार विरुद्ध महोत्तरीमा नेविसंघको विरोध जुलुस
टुडेपाटी
महोत्तरी, जेठ २५ गते ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकालागि तीनै तहको सरकारले काम नगरेपछि काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जुलुस निकालेको छ । संक्रमण दिनानुदिन बढदै गएपनि आम जनतालाई महामारीबाट बचाउनको लागि केन्द्र ,प्रदेश र स्थानीय सरकारलाई शसक्त रुपमा काम गर्नुपर्ने भएपनि आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै आज विरोध जुलुस निकालेको हो ।
तीनवटै तहको सरकारले महोत्तरी जिल्लामा कोरोना सम्बन्धि गम्भीरता पुर्वक काम नगरीरहेको अवस्था रहेको बताउँदै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका थिए ।
महोत्तरी जिल्लामै ९५ जना संक्रमीत भएको खबर विभिन्न सँचारमाध्यमहरुमा आएको भन्दै विद्यार्थीहरुले जिल्लामा जलेश्वर अस्पतालमा मात्र कोभिड – १९ उपचार केन्द्र बनाइएकोप्रति आक्रोस प्रकट गरेका हुन् ।
सो अस्पतालको आइसोलेशनको क्षमता ५० बेड मात्रै रहेको तथा अहिले धेरै जना सँक्रमितहरु आइसोलेसन बाहिर रहेको बताइएको छ ।
“यस्तो जोखिमपुर्ण अवस्थामा तीनवटै तहको सरकार सङ हाम्रो नेपाल विद्यार्थी संगठन महोत्तरीको तपशील अनुसारको मागहरु जिल्ला प्रमुख सिडियो एवं जिल्ला विपद व्यवस्थापन समक्ष आज ज्ञापन पत्र बुझाएका छौं ।”– नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नविनद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
Sponsored
यसका साथै, उनीहरुले ७ बुँदे माग राख्नै विरोध प्रदर्शन गरेका हुन् । आजको विरोध प्रदर्शनमा उनीहरुले पिसिआर चेकजाँच क्षमता बढाउन पर्ने र जिल्लाको लागि छुट्टै पिसिआर मेसिनको व्यवस्था मिलाउनुपर्ने माग उठाएका छन् ।
यस्तै, प्रत्येक वडामा को मापदण्ड अनुरुप अनिवार्य रूपमा क्वारेन्टाइनको संख्या बढाई क्वारेन्टाइन लाई व्यवस्थापन, कोभिड उपचार केन्द्र थप गर्दै भेण्टिलेटर सहितको आइसोलेसनको संख्या बढाउन पर्ने, सीमामा फँसेको नागरिकहरु लाई व्यवस्थित तरिकाले उद्दर गर्नुपर्ने, गरिब विपन्न परिवारलाई समयमै राहतको व्यवस्था मिलाउनुपर्ने जस्ता मागहरु अघि सारेका छन् ।
उनीहरुले कोभिड –१९ को उपचार तथा यसबाट उतपन्न समस्याहरुको समाधानको लागि नियमित अनुगमन , भिडभाड हुने सरकारी कार्यालयहरुमा समाजिक दुरी र हाथ धुने व्यवस्थापन गर्नुपर्ने र कडाइका साथ अनुगमन जस्ता मागहरु सारिएको छ ।
विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा जलेश्वर नगरपालिका चौक बाट सुरु भएर जिल्ला प्रशासन कार्यलय मा गएर सम्पन्न भएको थियो ।
विरोध जुलुसमा नेविसंघका निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष आशुतोष झा, निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत दर्जनौं विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।