उदयपुरमा पुनः ३ जनामा कोरोना पुष्टि
टुडेपाटी-
उदयपुर, जेठ २५ गते ।
आइतबार उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एकजना छन् । कोरोना पोजेटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।
अन्य एकजना शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।
उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो । त्यसबेला नेगेटिभ रिपोर्ट आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं आएर उनी पुनः उदयपुर फर्किएका थिए । काठमाडौंमा ३ दिन बसेर फर्किएका उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो ।
Sponsored
करिब दुई साता क्वारेन्टिनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । जसमा उनलाई कोरोना पोजिटेभ देखिएको मेयर राईले बताए ।
उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार दुवै जना पुरूष हुन् ।
३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।