TodayPati

डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु, मृतक संख्या १२ पुगे

टुडेपाटी-
डोल्पा, जेठ २४ गते ।

कोरोना भाइरसबाट डोल्पामा एकजनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

Sponsored

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले बताए ।

उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *