अमेरिकी राष्ट्रपति ट्रम्प २४ फेब्रुअरीमा पहिलो भारत भ्रमणमा आउने
नयाँदिल्ली, माघ २८ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा पहिलो भारत भ्रमणमा आउने भएका छन् ।
ट्रम्पले २४ र २५ तारिखसम्म भारतको भ्रमण गर्ने कार्यतालिका तय भएको अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
ट्रम्पसँगै उनकी श्रीमती मलेनिया ट्रम्प पनि भारत आउने छन् । भ्रमण गर्ने विषयमा ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा वार्ता समेत भएको अमेरिकाले जनाएको छ ।
भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपूर्ण सम्झौता गर्नेछन् ।
ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षिय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।
गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए ।
Sponsored
Good