TodayPati

महोत्तरीमा ९ लाख विरुवा रोपिदै, जग्गा देखाउनुस निःशुल्क विरुवा लानुस !

टुडेपाटी
जनकपुरधाम, जेठ २३ गते ।

महोत्तरीमा यो वर्षमा करिब ९ लाख वृक्षारोपन हुने भएको छ । भुक्षय, भू स्खलन रोक्न र काठ, घाँस दाउराको आपुर्तिकालागि महोत्तरीमा करिब ९ लाख विक्षारोपन गर्न लागिएको हो ।

यसकालागि विभिन्न जातका करिव आठ लाख ८५ हजार बिरुवा तयार पारिसकेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ ।

Sponsored

नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ ।

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।

सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “महोत्तरीमा ९ लाख विरुवा रोपिदै, जग्गा देखाउनुस निःशुल्क विरुवा लानुस !

  • June 9, 2020 at 5:01 pm
    Permalink

    राम्रो काम, पर्यावरण जोगाउनु हामी सबैको कर्तव्य ।।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *