TodayPati

विदेशबाट घर फर्किन थाले नेपाली, प्रदेश २ का नागरिककालागि यस्तो व्यवस्था

टुडेपाटी-
भक्तपुर, जेठ २३ गते ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर समेत तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ

Sponsored

पहिलो उडानका रूपमा म्यान्मा सेनाको जहाजबाट आएका नेपालीमध्ये प्रदेश नं १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् ।

सो सेन्टरमा नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका स्वयंसेवक प्रदेश नं १ का नागरिकलाई होल्डिङ गर्ने सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैक्वेट र प्रदेश नं २ को नागरिक होल्डिङ गर्ने मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटमा खटिएको छ ।

नेपाली सेनाको टोलीले हिजो नै दुवै सेन्टरमा विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा कसरी व्यवस्थापन गर्ने र के–के प्रक्रिया कसरी पूरा गर्ने भन्नेबारेमा अभ्याससमेत गरेको थियो । सो गणका गणपति एवं कर्नेल शिव पौडेल म्यानमारबाट आउने नागरिकलाई लिन सेनाको गाडीसहित त्रिभुवन विमानस्थल गएको जानकारी दिए ।

Sponsored

उनका अनुसार होल्डिङ सेन्टर आवश्यक सबै तयारी पूरा गरी सेना, सशस्त्र र नेपाल प्रहरीको टोली, भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक, सिमकार्ड वितरण गर्ने, व्यक्तिगत विवरणसहितको फाराम भराउने, आराम गराउने, खानाको व्यवस्थापन गर्नेलगायत टोली तयारी अवस्थामा रहेको छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार म्यान्मा रहेका नेपाली नागरिक लिएर आएको टोलीमा प्रदेश नं १ का एक जना मात्रै रहेपछि उनलाई काठमाडौँकै सेन्टरमा पठाए पनि आजै अपराह्न अन्य मुलुकबाट आउने नागरिकलाई भने यहाँका दुईवटै होल्डिङ सेन्टरमा राखिने भएको छ ।

ती दुई प्रदेशका एक हजार व्यक्तिलाई राख्न सकिने गरी व्यवस्थापन गरेको, प्रदेशले व्यवस्था गरेको बसमा राखेर नपठाएसम्म बस्ने, आराम गर्ने र २० जनासम्म सुत्न मिल्ने गरी श्ययाको व्यवस्था गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *