TodayPati

वीरगंजको जीर्ण जेलमा कैदीबन्दी कोचिँदै, सुरक्षा खतरा बढ्यो

टुडेपाटी समाचारदाता
वीरगंज, माघ २८ गते ।

जिर्ण रहेको वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदा राखिएको पाइएका छ । १ हजार जना कैदी बन्दी राख्ने क्षमता भएको कारागार भवन पुरानो हुँदासमेत १ हजार ३ सय ४० जना कैदी बन्दी राखिएको छ । जसमध्ये २ जना पाकिस्तानीसहित २ सय १५ जना विदेशी कैदीबन्दी छन् । बाँकी सबै भारतीय कैदीबन्दी हुन् ।

वर्षामा पानी चुहिने र भूकम्प आएको खण्डमा भत्कने अवस्थामा कारागार भवन रहेको कैदीबन्दीको भनाइ छ । कारागारमा ७८ प्रतिशत थुनुवा छन्, कैदीको संख्या २ सय ९३ मात्रै छ । मुद्दाको छिटो फैसला नहुँदा समस्या कैदा संख्या बढ्दा समस्या भइरहेको छ । कैदीबन्दीलाई घरीघरी अदालत लैजाँदा सुरक्षा संवेदनशीलता समेत बढी देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले कैदी बन्दीको मानव अधिकार रक्षाका लागि गम्भिर ढंगले लाग्ने प्रतिबद्धता जनाए । उनीहरुले जन्मिनु अघि र जन्मिसकेपछिका सबै अधिकार रक्षाका लागि राज्यको प्रतिनिधिको हैसियतले गृहमन्त्रालय र मातहतका निकाय संवेदनशील रहेको दावी गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *