TodayPati

दिल्लीमा मोदीको जादु चलेन, आम आदमी ऐतिहासिक जितर्फ जाँदै


टुडेपाटी समाचारदाता
नयाँ दिल्ली, माघ २८ गते ।

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) फेरीपनि सत्तामा आउने रुझान देखिएको छ ।
आम आदमी ५४ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १५ सिटमा अगाडि छ ।
दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ । पछिल्लो समय संघीय सरकारमा सत्तामा रहेका विजेपी चुनाव जित्न अथक प्रयास गरेपनि विफल भएको छ । पछिल्लो समय सत्तारुढ भाजपा लगातार एकपछि अर्को प्रदेशमा पराजित हुँदै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साह लगायतका नेताले पुरै ताकत लगाएर चुनाव लडेपनि भाजपा परस्त भएको देखिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *