TodayPati

तस्करलाई सघाउने सर्लाहीका ४ प्रहरी निलम्बित

टुडेपाटी-

जनकपुरधाम, जेठ २१ गते ।

 ‘तस्कर’लाई सघाएको आरोपमा प्रदेश प्रहरीले एक असईसहित चारजना प्रहरीलाई निलम्बन गरेको छ ।

Sponsored

आर्थिक प्रलोभनमा परेर ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।

निलम्बित चारैजना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत रहेका थिए ।

प्रहरी सहायक निरीक्षक (असई) राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह, चुनरमण चौरसीया र जवान अरुण तिवारीलाई निलम्बन गरिएको डिआजी सिंहले बताए ।

Sponsored

भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र आर्थिक अपराध विपरित उनीहरुले ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको डिआईजी सिंहको भनाइ छ । उनीहरु चारै जनालाई निलम्बन गरी आजै प्रदेश प्रहरी कार्यालय जनकपुर झिकाइएको छ ।

उनीहरुले भारततर्फ सामान ओसारपसार गर्नेहरुसँग आर्थिक लाभ लिइ सहयोग गर्दै आएको प्रमाण फेला परेपछि निलम्बन गरिएको डिआईजी सिंहले बताए ।

निलम्बन गरिएकाहरुको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको डिआईजी सिंहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *