TodayPati

प्रदेश २ मा ४४ जनामा कोरोना पुष्टि, प्रदेशमा कूल संख्या ८५९ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार प्रदेश २ का ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले जानकारी दिए ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीमा ९, सर्लाहीमा १५, पर्सामा ७, रौतहटमा ११ र धनुषा तथा सप्तरीमा १/१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

Sponsored

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ५९ पुगेको छ । अन्य जिल्लाको संख्या सहित विस्तृत विवरण केहि बेरमा सार्वजनिक गर्ने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *