TodayPati

महोत्तरीमा थप ९ जनामा कोरोना संक्रमण, सबै भारतबाट फर्किएका

नितेश यादव-
जनकपुरधाम, जेठ २१ गते ।

महोत्तरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ का ७ जना पुरुष, वडा नम्बर ९ का एकजना पुरुष र वडा नम्बर २ का एकजान महिला गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

बुधबार संक्रमित भएकाहरु भारतको मुम्बई, दिल्ली, गुजरात र अमानाबादबाट फर्किएका मेयर मण्डलले बताए । भारतबाट फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

Sponsored

क्वारेन्टाइनमा राखिएको १४ दिनपछि गएको जेठ १४ गते संक्रमितहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाएको मेयर मण्डलको भनाइ छ । योसंगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *