भारतमा कोरोना भयावह बन्दै, एकैदिन २ सयको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
भारतमा कोरोनाकनो अवस्था भयावह बन्दै गएको छ । गएको २४ घण्टामा
भारतमा कोरोनाले दुई सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको कुल संख्या एक लाख ९८ हजार ३७० पुगेको छ ।
यीमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् भने ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।
लामो समयको लकडाउनलाई भारतले सोमबारदेखि चरणबद्ध रुपमा खुकुलो बनाउँदै लगेको छ ।