TodayPati

धनुषामा सुरु भयो नदी चेतना यात्रा

टुडेपाटी
जनकपुरधाम, जेठ १९ गते ।

गंगा दसहाराको अवसरमा धनुषामा नदी चेतना याात्रा सुभारम्भ भएको छ । गंगा अवतरण दिवस को अबसरमा गंगा सरह मानिने कमला नदी रामघाटमा कमला पुजा गरी पारी पानी रे पानी तहत सोमवारदेखि नदी चेतना यात्रा को शुभारम्भ गरिएको हो ।

अन्तरास्ट्रिय नदी दिबसको दिनसम्म कमला नदीको उदगम स्थल सिन्धुली जिल्लाको महाभारत चुरे जंगल देखी भारत बिहार कमला कोशी संगम सम्म चेतना यात्रा चल्ने शहिदनगर नगरपालिका का मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले जानकारी दिए ।

Sponsored

कमला अभियान का संयोजक अभियानी बिक्रम यादवका अनुसार पानी रे पानी तहत वरिष्ठ पत्रकार पंकज मालबेयको मार्गदर्शकमा सुरु हुन लागेको चेतना यात्रा को प्रायोजक गेल इन्डिया लिमिटेड र कमला नदी चेतना यात्रा को आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहनेछ ।

कार्यक्रममा कमला अभियानी बिरेन्द्र यादव ,राज किशोर सल्हैता,श्याम कुमार सिंह ,रामनाथ यादव,राम शरन,रोसन यादव ,पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायतका कमला अभियानीहरु कोभिड १९ महामारीलाई मध्यनजर गरी समाजिक दुरी कायम राखी सहभागिता रहेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *