एकैपटक २५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज
टुडेपाटी-
भैरहवा, जेठ १९ गते ।
सोमबार थप २५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भैरहवाको भीम अस्पतालमा उपचाररत रुपन्देही, कपिलवस्तु, नवलपरासी र भारतका गरी २५ जना डिस्चार्ज भएका हुन् ।
अस्पतालका सुचनाअधिकृत गोपाल उपाध्यायका अनुसार गत वैशाख ३० गतेदेखि उनीहरूलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । डिस्चार्ज भएपछि उनीहरु घर जान पाउने भएको खुशीले अस्पताल परिसरमै नाचगान गरेर खुशी मनाएका थिए ।
Sponsored