TodayPati

भारतमा आजबाट यस्तो हुँदैछ लकडाउन

एजेन्सी-
दिल्ली, जेठ १९ गते ।

भारतमा आजबाट बाँचौ चरणको लकडाउन सुरु हुँदैछ । सलाई अनलक– १ पनि भनिएको छ । अनलक ‘१ अन्तरगत केन्द्र सरकारले एक निर्देशन जारी गर्दै केही क्षेत्रमा मात्रै लकडाउनलाई सिमित गरेको छ ।

यद्यपि राज्य सरकारले कोरोना रोकथामका लागि केही क्षेत्र र काममा प्रतिवन्ध लगाउन सक्नेछन् । अब राज्यहरुले ‘कन्टेन्ट जोन’ (कोरोना अति प्रभावित क्षेत्र) बाहिर सामान्य गतिविधि गर्न सक्ने बीबीसीले जनाएको छ ।

Sponsored

अनलकको पहिलो चरणमा भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न पाउने जनाएको छ ।

यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको छलफल पछि खोलिने छन् ।

यद्यपि अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *