TodayPati

धनुषामा २१ जनासहित प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

कोरोना भाइरसको संक्रमण प्रदेश २ मा थप ६० जनामा पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।

आइतबार बिहान थपिएकामध्ये सबैभन्दा बढी रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित छन् । उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

Sponsored

रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ जना हुन् ।

त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *