कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमित १२३ पुगे
टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।
कर्णालीमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमा दैलेखका १७ जना र कालीकोटका १ जना रहेका छन् ।
संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अब संक्रमितको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । संक्रमित पुष्टि भएका बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत रहेका तिवारीले बताए ।
Sponsored