TodayPati

भारतबाट आएका सर्लाहीको १७ जनामा कोरोना संक्रमण

टुडेपाटी-

सर्लाही, जेठ १७ गते ।

सर्लाहीमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाका १२ जना, विष्णु गाउँपालिकाका चार जना र कौडेना गाउँपालिकाका एक जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

Sponsored

सङ्क्रमित सबै १७ जना भर्खरै भारतबाट आएका हुन् ।

सम्बन्धित पालिकाहरुको क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरुलाई सदरमुकाम मलङ्गवामा रहेको सन्त अल्पाईन रामनारायण यादव नर्सिङ्ग कलेजको भवनमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो । योसँगै सर्लाही जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।

शुक्रबार मात्रै जिल्ला सदरमुकामस्थित एक दैनिक पत्रिकाकी सम्पादक र रेडियोका प्राविधिकसहित कौडेना गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । सर्लाहीमा भारतबाट आउनेहरुको सङ्ख्यामा वृद्धि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । पालिकाहरुलाई अहिले भारतबाट फर्किएकाहरुको व्यवस्थापन गर्न हम्मेहम्मे नै परेको छ । क्वारेन्टाइनको क्षमता भन्दा धेरैलाई कोचामकोच गरी राखिँदा समस्या भइरहेको त्यहाँ बसिरहेकाहरुले गुनासो गरेका छन् ।

Sponsored

सर्लाहीमा भारतबाट फर्किएकामध्ये स्वाब सङ्कलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएका पाँच सय बढीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ । शुक्रबार जिल्लाको गौडेता नगरपालिकाबाट मात्रै भारतबाट फर्किएका २९१ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *