TodayPati

दैलेखको क्वारेन्टाइनमा मृत्यु भएको युवकको कोरोना रिपोर्ट पोजेटिभ

टुडेपाटी-

जनकपुरधाम, जेठ १७ गते ।

दैलेखको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ ।

Sponsored

दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवकको आज बिहान अकस्मात् मृत्यु भएको थियो । नगर प्रमुख घनश्याम भण्डारीले मृतकको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

उनी ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको भण्डारीले बताए ।

मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको भण्डारीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *