सर्लाहीबाट अवैध १२ किलो गाँजासहित २ जना प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।
१२ किलो अवैध लागुऔषद गाँजासहित सर्लाहीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका-३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारीलाई पक्राउ गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार दुवैजनाले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजा बरामद भएको छ ।
उनीहरुलाई गाँजा सहित मलंगवा नगरपालिका-६ खुटौनाको नहरबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।