TodayPati

सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको एक युवामा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, जेठ १५ गते ।

भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

Sponsored

मृतक अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरेका छन् ।
ती युवक गत जेठ १० गते भारतबाट घर फर्किने क्रममा सीमामै मृत्यु भएको थियो । उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो ।

त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । बिहीबार ती मृतक युवकको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

उनीसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *