TodayPati

कोरोना नलाग्न दिन बाँकेमा अनिश्चितकालीन रुपमा निषेधाज्ञा जारी

टुडेपाटी-
बाँके, जेठ १५ गते ।

अत्याधिक रुपमा फैलिएको कोरोना रोकथामका लागि बाँकेमा बुधबार रातिदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार रातिदेखि अर्को सूचना नआएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा सङ्क्रमण थप फैलनबाट रोक्न अत्यावश्यक सेवा बाहेक सबै गतिविधि रोक्नेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो । नागरिकलाई हिँडडुल गर्न बन्द गरिएको छ ।

Sponsored

बाँकेमा प्रशासनको भूमिका चित्तबुझ्दो नभएको गुनासोपछि गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङ्गलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके पठाएको हो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर सहितसँग छलफल गरी रेडजोन नरैनापुरमा अनुगमन र आवश्यक सर्तकता अगाडी बढाउने तयारी गर्नुभएको छ ।

बाँकेमा जिल्लामा अहिलेसम्म एक सय ७० जनामा कोरोना फेला परिसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *