कोरोना संक्रमणबाट ललितपुरमा एकजनाको मृत्यु, मृतक सङ्ख्या ५ पुग्यो
टुडेपाटी-
काठमाडौं, जेठ १४ गते ।
कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको हो ।
ललितपुरको बुङमतीका बासिन्दा ती पुरुषलाई जेठ ११ गते अस्पताल भर्ना भएका थिए । १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
आज १४ गते साँझ उनको मृत्यु भएको हो । मृत्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए।
यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ । बुधबार साँझसम्म संक्रमितको संख्या ९ सय १ पुगेको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
Sponsored
बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ । बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन् ।