TodayPati

सप्तरीमा मृत्युु भएको गर्भवती महिलामा देखिएन कोरोना

टुडेपाटी

सप्तरी, जेठ १४ गते ।

मंगलबार ज्यान गुमाएकी सप्तरीकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

Sponsored

गत बिहीबार उपचारपछि घर फर्किएकी सप्तरीको कंचनरुप नगरपालिका ११ गोरपारकी २४ वर्षीया ममतादेबी माझीको घरमै ज्यान गएको थियो ।

माझीलाई ज्वरो, पखाला र दम जस्ता समस्या देखिएको थियो। उपचारको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज लगिएकोमा समान्य उपचारपश्चात् सोहीदिन घर फर्केर चिकित्सकको सल्लाह अनुसार होम अाइसोलेशमा बसेकी थिइन् । उच्च ज्वरो र श्वासप्रश्वासको कारण मंगलबार बिहान उनको मृत्यु भएको थियो ।

उनको मृत्युपछि मंगलबार नै स्वाब संकलन गरी धरान पठाइएको थियो । बुधबार उनको रिपोर्ट आएकोमा कोरोना संक्रमण नदेखिएको अस्पताललाई उदृत गर्दै सप्तरीका डीएसपी तिलक भारतीले बताए । 

Sponsored

उनको शवलाई मंगलबार अपराह्न प्रशासनको अनुमानितमा पाँचजना गएर अन्त्येष्टि गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *