TodayPati

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३५ जनामा कोरोना संक्रमण, खुल्ला सीमाले अवस्था भयाबह बन्दै

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार रौतहटमा २२, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोणा संक्रमण देखिएको हो ।

धनुषामा कोरोना संक्रमण पुष्टि भएका एक पुरुष मुखियापट्टी मुसहरनिया गाउँपालिका बेलाका २२ वर्षीय युवक छन् । यस्तै महोत्तरीका पुष्टि भएका पुरुष मनरासिसवा नगरपालिका १० का ३० र ३५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पुष्टि गरेको छ ।

Sponsored

प्रदेश २ मा पछिल्लो २४ घण्टामा भेटिएका सबै संक्रमितहरुलाई नजिकै पर्ने आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सचिव घिमिरेले बताए ।
यससंगै प्रदेश २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पश्चात ७६ जना निको भएर घर फर्केको जनाइएको छ ।

संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको मन्त्रायले बताएको छ । नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गएको सचिव घिमिरेको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *