रौतहटमा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय २८ पुग्यो
टुडेपाटी-
रौतहट, जेठ १३ गते ।
रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
संक्रमितहरु केहिदिन अघि भारतबाट फर्केर सम्बन्धित नगरपालिकाहरुको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई उपचारको लागि कहाँ लैजाने विषयमा छलफल भइरहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय २८ पुगेको छ । मंगलबार बिहान मात्रै सुर्खेतका १२ जना र बारामा दुई नेपालीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।