बरामा दुई नेपाली सेनासहित ५ जनामा कोरोना पुष्टि
टुडेपाटी-
बरा, जेठ १३ गते ।
बरामा दुईजना नेपाली सेनासहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।
यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।