थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ९४ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।
मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो । यससंगै देशभरि कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ ।
Sponsored