जनकपुरको आइसोलेशनबाट भागेका संक्रमित फेला, जनकपुर ल्याइँदै
टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट भागेका कोरोना संक्रमित पुरुष अाफ्नै घरमा फेला परेका छन् । आइतबार राति ढोका तोडेर भागेका सर्लाहीको धनकौलका ४५ वर्षीय कोरोना संक्रमित पुरुष खोजविनको क्रममा सोमार आफ्नै घरमा फेला परेका हुन् ।
उनलाई पक्राउ गरी सर्लाहीबाट फेरी उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याउन लागिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । ती संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट् ट्रेसिंको काम भइरहेको डीएसप कार्कीको भनाइ छ ।
मानसिक रोगी समेत रहेका ती पुरुष आइसोलेशनको ढोका तोडेर पैदलै घर भागेका थिए । यसअघि पनि ती संक्रमित पीसीआर चेक गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले पक्राउ गरी पुनः आइसोलेशनमा ल्याएको थियो ।
मानसिक रोगी ती पुरुष भर्ना भएदेखि आइसोलेशनमा होहल्ला, जथाभावी दिशापिसाव, फर्निचर फोड जस्ता अनियन्त्रित व्यवबहार गर्दै आएका छन् ।
Sponsored