अन्त्येष्टिको एक हप्तापछि कोरोना संत्रमण पुष्टि, नेपालमा मृत्यु हुनेको संख्या ४ पुग्यो
टुडेपाटी-
वीरगञ्ज, जेठ १२ गते ।
कोरोना संत्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो । सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ ।
‘बाराका ती वृद्धि दमका रोगी हुनुहुन्थ्यो। निमोनिया भएपछि डाक्टरहरुले कोरोनाको शंका गरी स्वाब संकलन गरेर जेठ २ गते हामीलाई बुझाइएको थियो,’ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने, ‘४ गते त्यसको रिपोर्ट आयो। त्यसमा पोजिटिभ आएपछि ५ गते पुनः परीक्षण गर्दा केहि अष्पस्टता भएपछि काठमाडौं पठाइएको थियो।’
सोमबार बिहान त्यसको रिपोर्टमा पनि कोभिड–१९ पोजिटिभ नै देखिएको डा. उपाध्यायले जानकारी दिए ।
यो विषय नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक वसरुद्दिन अन्सारीलाई सो रिपोर्टबारे आफूले जानकारी गराएको डा. उपाध्यायले बताए।
Sponsored