धनुषाका ३ जना कोरोना संक्रमित ६ दिन अगाडि मुम्बईबाट आएको खुलासा
नितेश यादव-
जनकपुरधाम, जेठ १२ गते ।
धनुषाका थप ३ जना कोरोना संक्रमित भारतको मुम्बईबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले सोमबार एकैपटक ७२ जना कोरोना संक्रमित पुष्टि गरेकोमा ३ जना धनुषाको नगराइन नगरपालिकाका छन् ।
नगराइन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षीय पुरुषहरु छन् ।
संक्रमित ३ जना जेठ ६ गते क्वारेन्टाइनमा आएपछि स्वाब संकलन गरी राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएपछि कोरोना पुष्टि भएको प्रादेशिक क्वारेन्टाइन नगराइनका संयोजक सन्तोष कुमार ठाकुरले जानकारी दिए ।
संक्रमित तीनैजनालाई जनकपुरको कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको संयोजक ठाकुरले बताए ।
योसंगै धनुषामा संक्रमितको ११ पुगेको छ । जसमध्ये १ जना उपचारपछि निको भएको हो ।
Sponsored