वीरगञ्जका २ महिने शिशु सहित एकै परिवारका १८ जनाले कोरोनालाई जिते
टुडेपाटी-
वीरगञ्ज, जेठ १२ गते ।
वीरगन्जस्थित नाराययणी अस्पतालबाट २ महिनाका शिशु सहित १८ जना कोरोना भाइरसलाई जितेर घर फर्केका छन् ।
आइतबार बेलुका उनीहरुलाई डिस्चार्ज गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेको सहायक सीडीओ बस्नेतले बताए ।
उनीहरुको उपचारमा संलग्न नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यासहित सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु हार्दिक नमन गरेको बस्नेतको भनाइ छ ।
बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो लाग्दैछ नेपालीहरुले एकपछि अर्को गर्दै कोरोना भाइरसलाई पराजित गर्दै जानेछन् ।’
Sponsored