TodayPati

टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

श्रम तथा यातायात मन्त्रालयले जनकपुर यातायात व्यवस्था कार्यालयमा फेरि उपसचिव दशौं विरेन्द्र साहको सरुवा गरेको छ । यस्तै वीरगञ्ज यातायात व्यवस्था कार्यालयमा उपसचिव दशौं धनन्जय सिंहको सरुवा गरेको छ ।

यस्तै लहानमा उपसचिव नवौं बासुदेव मल्लको सरुवा भएको छ । श्रम तथा यातायात मन्त्रालयमा भने उपसचिव दशौं कुशेश्वर साहको सरुवा गरिएको छ ।

स्वार्थ अनुसार नवौं र दशौं तहका कर्मचारी चलाउन श्रम तथा यातायात मन्त्रालयले मुख्यमन्त्री कार्यालयबाट सहमति लिएको थियो । नावौंदेखि माथिका कर्मचारी सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालयसँग मात्र छ ।

जनकपुर यातायातमा प्रमुख भएर आएका उपसचिव विरेन्द्र साह यसअघि लहान यातायात कार्यालयमा दुईवर्ष प्रमुख थिए । त्यस अघि उनी जनकपुर यातायात कार्यालयमै चारवर्ष प्रमुखकै रुपमा काम गरेका थिए ।

वीरगञ्ज यातायात प्रमुख सरुवा भएका धनन्जय सिंह करिब एकवर्षदेखि श्रम तथा यातायात मन्त्रालयमा थिए । उनी त्यसअघि जनकपुर यातायात कार्यालयमै करिब एकवर्ष प्रमुखको रुपमा थिए ।

गत वर्ष नेकपा एमालेका मुख्यमन्त्री सरोज यादव भएको बेला मौका छोपेर उपसचिव नवौं बासुदेव मल्ल मुख्यमन्त्री कार्यालयबाट जनकपुर यातायातमा आफ्नो सरुवा मिलाएका थिए । त्यसपछि धनन्जय सिंहको मन्त्रालयमै सरुवा भएको थियो । यसपटक बासुदेव मल्लको भने लहान यातायातमा सरुवा भएको छ ।\

मन्त्रालयमा सरुवा भएका कुशेश्वर साह यसअघि वीरगञ्ज यातायात कार्यालयका प्रमुख थिए । उनी त्यस अघि लहान यातायात कार्यालयमा झण्डै चारवर्ष जति प्रमुख चलाएका थिए । त्यस अघि साह जनकपुर यातायात कार्यालयमा थिए । उनी पनि लामोसमयदेखि यातायातमै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *