टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाका सबै किसिमका अपाङ्गगहरु आफ्नो हकहितको लागि संगठित भएका छन् । बुधबार उनीहरु भेला भई मनोज कुमार साहको अध्यक्षतामा गाउँपालिका स्तरीय अपाङ्गग संघको समिति गठन गरेका छन् ।
सतितिको उपाध्यक्षमा दिपेन्द्र रविदास, सचिवमा रामानन्द महतो, कोषाध्यक्षमा तेजनारायण महतोलाई चयन गरिएको छ । यस्तै समितिको सदस्यहरुमा रामनरेश महतो, रामचन्द्र महतो, विभाकुमारी महतो लगायत छन् ।
गाउँपालिका कार्यालयको सभा हलमा आयोजित छलफल कार्यक्रमबाट समिति गठन गरिएको हो । छलफलका क्रममा अपाङ्गता भएका व्यक्तिहरूले आफूले भोग्दै आएका समस्या, चुनौती तथा आवश्यकताका विषयमा आफ्ना धारणा राखेका थिए ।

उनीहरूले आफ्नो अधिकार, सेवा–सुविधामा पहुँच, सहभागिता तथा स्थानीय तहबाट प्राप्त गर्नुपर्ने सहयोगका विषयमा समेत छलफल गरेका थिए ।
छलफल कार्यक्रममा बटेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष, प्रशासन शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, सूचना अधिकारीलगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी बटेश्वर नागरिक समाजका संयोजक डा. सुनिल सिंह लगायत सामाजिक अगुवा, अभियन्ता, शिक्षाप्रेमी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना तथा छलफलको सहजीकरण स्थानीय युवा सरोज कुमार महतोले गरेका थिए ।