TodayPati

जिल्ला प्रहरी कार्यालय बारामा संक्रमितको संख्या ५ पुग्यो

टुडेपाटी-
बारा, जेठ ११ गते ।
बारामा थप तीनजना प्रहरीमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ प्रहरीमा देखिएसँगै यहाँ कोरोना भाइरस पुष्टि भएका प्रहरीको संख्या पाँच पुगेको छ ।

मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा थप तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । आइतबार नै बारा प्रहरीमा कार्यरत सईमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जका प्रहरी जवान, रौतहटका प्रहरी जवान र कलैयाका हवल्दारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आइतबार बिहानमात्र सर्लाही घर भई बारा प्रहरीमा काम गर्ने एक सईमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यसअघि बारा प्रहरीकै मुद्दा शाखाका एक जना प्रहरीमा पनि संक्रमण देखिएको थियो । उनलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा यी प्रहरीहरु क्वारेन्टाइनमा बसेका थिए ।

Sponsored

अहिले यी सबैलाई कलैया अस्पतालको आइसोलेसनमा राखिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *