TodayPati

टुडेपाटी-
जनकपुरधाम, साउन २९ गते ।

जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीनजनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह र उका छोरा ३२ वर्षीय हरेराम साह र रेखाका जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।


ठगी (अनुचित लेनदेन) र अपराधिक विश्वासघात मुद्दामा गत साउन १ गते उनीहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
बुुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।


इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो । दुईदिनसम्म मिटरब्याज पीडितहरु तथा पक्राउ परेकापक्षका माननिसहरु जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । यो मुद्दामा जाहेरबालानेपाल प्रहीका पूर्व एसपएसपी गोबिन्द कुमार साहसमेत छन् ।


विदेह नगरपालिका –८ बफैँका साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।


धनुषा प्रहरीका अनुसार पक्राउ परेका गोपालको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता लगायतको कागजात तथा ल्यापटप बरामद गरेको थियो । उनीहरुमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।

अन्य मुद्दामा सुनुवाई जारी रहेको र अब अदालतको आदेश बमोजिम उनीहरुलाई जलेश्वर कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी प्रव क्ता डिएसपी मधुसुधन न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *