TodayPati

टुडेपाटी-
जनकपुरधाम, साउन २७ गते ।

बरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । मंगलबार बिहान निधन भएका उनको राजकीय सम्मानको साथ जनकपुरको स्वर्गद्वारीक श्मशान घाटमा अन्त्येष्ति गरिएको छ । दागबत्तीको बेला प्रहरीले सलामी दिइएको छ ।

दागबत्ती उनको जेष्ठ पुत्र आभास लाभले दिएका छन् । अन्त्येष्टि तथा शव यात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) सहित सहभागी भएका छन् । उनी घरमै पुगेर श्रद्धाञ्जली दिएका थिए छन् ।

अन्त्येष्टिमा दिवंगत बिमलका भाइ समेत रहेका मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ, मधेशका सभामुख रामअशिष यादव, मधेशका मन्त्रीहरु शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्याम प्रसाद पटेल, श्रम तथा यातायात मन्त्री सारदा देवी थापा, प्रतिनिधि सभा सदस्य मनिष झा लगमयत सहभागी भएर श्रद्धाञ्जली दिएका छन् । यस्तै सुरक्षा निकाय लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

अन्त्येष्टि अघि बिमलको जनकपुरधाम उपमहानगरपालिका १० देवीचोक स्थित घरबाट शव यात्रा गरि नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । शव श्रद्धाञ्जलीको लागि कहीबेर जनकचौकमा समेत राखिएको थियो । बरिस्ठ साहित्यकार बिमलको राति ७९ वर्षको उमेरमा निधन भएको थियो ।

बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए । उनले जगदम्बा श्री पुरस्कार, मधुपर्क लगायत थुप्रे सम्मानबाट विभुषित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *