टुडेपटी-
जनकपुर, बैशाख २८ गते ।
अथर इनर्जी नेपालले जनकपुरमै अथर कम्पनीको इलेक्ट्रिकल स्कुटर (सो रुम) सञ्चालनमा ल्याएको छ । जनकपुरको मिल्स एरियामा नितिन ट्रेड लिंकको व्यवस्थापनमा खुलेको अथरको इलेक्ट्रिक सो रुमको एक समारोहबीच उदघाटन गरिएको हो ।
स्थानीय संजय नायकले संचालनमा ल्याएको अथरको सो रुममा ४५० सिरिज र पारिवारिक प्रयोगका लागि डिजाइन गरिएको अथर रिज्टा स्कुटर प्रदर्शनमा राखिएको छ । अथर ४५० सिरिजमा गुगल म्याप्स आधारित नेभिगेसन, अटो होल्ड, रिभर्स मोड, विभिन्न राइड मोड तथा टचस्क्रिन ड्यासबोर्डजस्ता सुविधा रहेको नायकले बताए ।

अथर रिज्टामा फराकिलो सिट, ठूलो स्टोरेज क्षमता र सुरक्षा केन्द्रित प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा अतिरिक्त एक्सचेञ्ज भ्यालुएसन सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । जनकपुरमा नयाँ सेन्टर सञ्चालनसँगै देशभर अथरका एक्सपेरियन्स सेन्टरको संख्या १० पुगेको छ