भारतमा लकडाउन खुकुलो बनाउँदै जाँदा तीव्र गतिमा कोरोनाको संक्रमण बढ्दै
एजेन्सी-
नयाँदिल्ली, जेठ ११ गते ।
भारतमा गएको २४ घण्टामा ६ हजार ७०० कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा भारतमा १४७ को ज्यान गएको छ ।
भारतमा शनिबार पनि ६ हजारकै संख्यामा कोरोना संक्रमित थपिएका थिए । शनिबार ६ हजार ६५४ कोरोना संक्रमित थपिएक थिए ।
यस संख्या त्यसअघिकै उच्च वृद्धि दर थियो। आइतबारको कोरोना संक्रमृतको वृद्धि दर भने हालसम्मकै उच्च हो।
नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ एक लाख ३१ हजार ८६८ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट भारतमा ३ हजार ८६७ को मृत्यु भइसकेको छ ।
भारतमा संक्रमितमध्ये ५४ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन् ।
Sponsored
भारतले लकडाउन खुकुलो बनाउँदै जाँदा त्यहाँ तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।
भारतले यसै हप्ताबाट आन्तरिक उडान खुलाउँदै छ भने आगामी दश दिन भित्र २ हजारभन्दा बढी रेल संचालन गर्दैछ ।