TodayPati

टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।

जनकपुरधामको व्यस्त सडकमा टिपरले पछाडिबाट ठक्कर दिँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतो छन् । दुर्घटनामा मोटरसाइकल चालक मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत्त विजय यादव समान्य घाइते भएका छन् ।

सशुल्क विज्ञापन

सशुल्क विज्ञापन

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज दिउँसो सवा २ बजेको समयमा जनकपुरधामको मुरलीचोकबाट जिरोमाइल तर्फ प्रहरी निरीक्षक यादवले चलाएर जाँदै गरेको प्रदेश २- ०२-००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट गइरहेको प्रदेश २- ०३-००१ क ०१०४ को टिपरले ठक्कर दिएको हो । मोटरसाइकलमा पछाडि सबार ट्राफिक प्रहरी जवान महतोको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक महतो महोत्तरीको बर्दिबास नगरपालिका पशुपतिनगरकी बासिन्दा हुन् ।


एक महिना अघि जनकपुरधाममा तिव्रगतिको दुई टिपरले एकै दिन दुई छुट्टा छुट्टै स्थानमा एक पुरुषको पछाडिबाटै ठक्कर दिएर ज्यान लिएको थियो भने अर्की एक महिलालाई गम्भीर घाइते बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *